बजार ब्यवस्थापनको लापरबाहिले सामान महङगियो उपभोक्ता सास्तीमा

कालिकोट, कालिकोट जिल्ला अति दुर्गम क्षेत्रको स्थानीय तह, पलाँता गाउँपालिकामा बजार ब्यवस्थापनका लापरबाहीले गर्दा स्थानीय उपभोक्ता मारमा परेका छन । बजार बयवस्थापनकाे चरम लापरवाहिले उपभोक्ताहरूलाइ समास्या परेकाे हाे । 

स्थानीय तहमा गाउँपालिकाको प्रमुखमा जितेसंगै गाउँपालिका अध्यक्ष लक्ष्मण बमको निर्देशनमा गाउँपालिकाकामा बजार ब्यवस्थापन समिति गठन गरिएको थियाे ।  बजार ब्यवस्थापनले लापरवाहि गर्दा अहिले आएर बजारको दररेट नतोकिएपछि लकडाउनको समयको मौका पारि सर्वसाधारणलाइ मारमा परेको बताइएको छ ।

एउटै बजारमा पसलअनुसार सामानकाे बिक्रिरेट फरकफरक रहेकाे बताइएकाे छ ।  लकडाउनकाे माैकाछाेपी महङगाे गरिएकाे एक स्थानियले बताए । उनले भने सामान सकिन लाग्याे पाउदैन लिए लिनुस नलिए नलिनुस भन्दै महङगाे रेटमा बेच्ने गरेकाे बताए । 

बजार ब्यवस्थापन नगरी, बस्तु भाउको दर एकिन नगरी किन लापरबाही गरियो भन्ने बारे बजारका पसले साहुजिले, हामी टाढाको मान्छे यहाँको स्थानीय नै बजार ब्यवस्थापनका अध्यक्ष छन् । आफ्नो हैकम जमाउन खोज्छन् , आफ्नो मनपरि गर्न खोज्छन् , हामिले केही बोलेउँभने उल्टै हामिमाथी आइलाग्छन ।

स्थानीय तह मौन भएको छ भनेर दुखेसो पोखे। साबिकको खिन धौलागोह र थिर्पु गाबिसलाई मिलाएर बनाएको एउटा गाउँपालिकामा धेरै जसो बाहिर अर्थात् टाढा घर भएकाका पसलहरु छन । पीडित पक्ष भन्छन् । बजार ब्यवस्थापनमा हाम्रा मान्छेहरुलाई सदस्य राखिएको छ । तर भनेको टेर्दैनन के गरौँ ।