स्वास्थ्यकर्मीहरुको टिमसहित डोल्पा पुग्यो हेलिकप्टर
डोल्पा, सुर्खेतबाट स्वास्थकर्मीसहितको टिम बोकेर माउन्टेन एयरको हेलिकप्टर डोल्पा पुगेको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ मा पर्ने कस्तुरी आधारभुत बिद्यालयमा क्वारेन्टाइनमा बसेका ६२ बर्षिय पुरुष लगायत उनिसँग सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर सुर्खेत लैजानका लागि हेलिकप्टर पुगेको हाे ।

तस्वर दिलु केसीकाे वालबाट
केही बेरमै शंकास्पद व्यक्तिहरुको स्वाब लिएर हेलिकप्टर फर्किने प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए । दुनै र जुफालमा पनि केही व्यक्तिको स्वाब संकलन गरिएकाले सोही हेलिकप्टरमा ल्याइने बताइएकाे छ । सबैको स्वाब सुर्खेतमा परिक्षण गरेपछि मात्र कोरोना भए नभएको पुष्टिहुने एकिन हुनेछ ।
शुक्रबार १४ दिन सम्म क्वारेन्टाइनमा बसेर घर फर्कने क्रममा स्थानीय स्वास्थकर्मीले दु्रत परिक्षण(आर.डि.टी) गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । शुक्रबार साँझनै पुनःशंकास्पद व्यक्तिको आर.डि.टी परिक्षणका लागि जिल्ला अस्पतालबाट डाक्टरको टोली खटाएर परिक्षणगर्दा रिर्पोट नेगेटिभ आएको थियो ।
आर.डि.टी रिपोर्टबाट स्वास्थ्यकर्मीनै अन्योलमा परेपछि सुर्खेतबाट हेलिकप्टरमा स्वास्थकर्मी झिकाएर पि.सि.आर परिक्षणका लागि पठाइएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ । शंकास्पद व्यक्ति पछिल्लो समय कोराना संक्रमणको रेड जोनमा परेको नेपालगञ्जमा केहि महिना बसेर डोल्पाआएका हुन ।