भारतले नेपाली भूमि मिचेर यसरी खन्यो सडक हेर्नुस् तस्विरसहित
काठमाडौं, भारतले नेपाली भूमि मिचेर चीनको मानसरोवर जोड्ने सडक बनाई उद्घाटन गरेपछि अहिले यो घटनाले नेपालमा ठूलो खैलाबैला मच्चाएको छ ।

भारतले निर्माण गरेको विवादित सडक, दार्चुला, २७ वैशाख । भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोडने गरी भारतले निर्माण गरेको विवादित सडक । शुक्रबार उदघाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ । तस्वीर ः नरेन्द्रसिह कार्की
नेपाली भूमि भित्रबाट ७८ किलो मिटर लामो सडक खन्दा समेत भारतले नेपाललाई कुनै जानकारी गराएन । तर, शुक्रबार एकाएक सडक उद्घाटन गरिएपछि अहिले यसले दुई देशबीचको सीमा विवादलाई चर्काएको छ । भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको यो सडकले नेपाल–भारतबीच फेरि सीमा विवाद चर्काएको छ ।
शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीमा उद्घाटन गरेको ७८ किलोमिटर लामो यो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्दछ । यसबारे नेपाल सरकारले आफ्नो दूताबासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ ।
भारतले नेपाली भूमि मिचेर सडक निर्माण गर्दा समेत नेपाल सरकार अनभिज्ञ रहनु दुःखद भएको भन्दै सर्वसाधरण र विज्ञहरुले सरकारको आलोचना समेत गरेका छन् । तस्विरहरु : रासस