थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या पुग्यो ११०
प्रकासित मिति : २०७७ बैशाख २७, शनिबार २१:०७
प्रकासित समय : २१:०७
काठमाडौं, उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आजै प्रदेश नम्बर १ मा ३ जनामा कोरोना पुष्टि भएको थियो ।
उदयपुरकै उनीहरु १८, ४५ र ६५ वर्षीया महिला रहेका थिए । यस्तै कपिलबस्तुमा ३ जना र पर्सामा एक जनामा पनि आजै कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो विवरणअनुसार उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालभर संक्रमितको संख्या ११० पुगेको छ ।
हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ जना रहेकाे छ ।