जहाँ नवजात शिशुको नाम नै ‘लकडाउन’ राखियो

भारतमा गत महिनाको मार्च २५ देखि २१ दिनसम्म लकडाउनको घोषणा गरिएको छ। कोरोना भाइरस ‘कोभिड १९’ को त्राससँगै त्यहाँ लकडाउन गरिएको हो। लकडाउनको घोषणापछि भारत पुरै ठप्प छ।

सवारी साधन, अन्तर्राष्ट्रिय र घरेलु हवाई सेवा, उद्योग, कारखाना सबै बन्द छन्। यसबीचमा हालै उत्तर प्रदेशको लखनउमा एक शिशुको जन्म भयो। लकडाउनको समयमा जन्मिएका ती शिशुको नाम पनि ‘लकडाउन’ राखिएको छ।

लकडाउन निरालाको जन्म भएको मात्र ५ दिनभयो, तर उनी भारतभर चर्चित बनिसकेका छन्। छोरा लकडाउनको चर्चा भारतभर हुँदा पिता पवन निराला पनि निकै खुशी छन्। उनका अनुसार छोरा लकडाउन जन्मदा ३।५ केजीका थिए।

उनी स्वस्थ छन्। छोराका कारण आफू पनि चर्चामा आएको पवन बताउँछन्। लकडाउन निरालाको यतिबेला भारतको टिभी र पत्रिकामा अत्यधिक चर्चा भइरहेको छ। टाइम्स अफ इन्डियाबाट