इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो
प्रकासित मिति : २०७७ बैशाख २७, शनिबार ०८:०९
प्रकासित समय : ०८:०९
काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २४३ जनाको मृत्यु भएको छ ।
योसँगै इटालीमा मृतकको संख्या ३० हजार २०१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३२७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १७ हजार १८५ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ९९ हजार २३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८७ हजार ९६१ जनामध्ये १ हजार १६८ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।