अमेरिकामा कोरोनाले ७८ हजार भन्दा बढीको मृत्यु
प्रकासित मिति : २०७७ बैशाख २७, शनिबार ०८:०५
प्रकासित समय : ०८:०५
काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ७८ हजारभन्दा बढीको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६२९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७८ हजार ५५७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख २० हजार ६०९ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख २२ हजार ९३५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख १९ हजार ११७ जनामध्ये १६ हजार ९३१ जनाको अवस्था गम्भीर रहेको छ ।