डोल्पाको ठुलीभेरी नगरपालिकाले गर्यो आफ्ना सम्पूर्ण नाका सिल

डोल्पा, डोल्पाको ठुलीभेरी नगरपालिकाले आफनो नगरपालिका प्रशेशमा कडाई गरेको छ । नगरपालिकाले ठूलिभेरिका सबै नाकाहरू अनिश्चित कालका लागि पूर्ण रूपमा सिल गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको ठूलिभेरि नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको बडा नं ९ अध्यक्ष बिरमल भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार लकडाउनलाई कडाई गर्न ठुलिभेरी नगरपालिकाले सबै नाका सिल गर्न लागेको हो । सम्पूर्ण नाकामा पैदल यात्रुलाई समेत आवतजावतमा रोक लगाइएको छ ।

त्यस्तै नगरपालिकाले नाकाहरूमा सुरक्षा, स्वास्थ्यकर्मि र सम्वन्धित वडा अध्यक्षको संयोजकत्वमा स्वयंसेवक समेत परिचालन गर्ने निर्णय भएको बताइएको छ ।

डोल्पामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्रिपुरा सुन्दरी नगरपालिका–८ पाहाडाका ६२ वर्षीय एक पुरुषको रिपोर्ट पोजेटिभ आएको  हाे ।