समाचारमा नाम जोडिएको प्रति वडाध्यक्ष चौधरीको ध्यानाकर्षण
भालुवाङ , दाङकाे लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मेघ नारायण चौधरीले समाचारमा अनाहक आफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
गत बैशाख २४ गते तुलसीपुर खवर डट कम अनलाइन पत्रिकाले वडाध्यक्षको नामलाई जोडेर “शक्तिको आडमा अबैध बालुवा डम्पिङ्ग” शिर्षकको समाचार प्रकासित गरेको थियो । सोही समाचार तुलसीपुर अनलाईन र थाहा अनलाईनमा पनि प्रकासित छ तर वडाध्यक्षको नाम भने जोडिएको छैन । तुलसीपुर खबरले पुर्वाग्राही ढंगले आफ्नो नाम जाेडेर समाचार प्रकासन गरेको प्रति असन्तुष्ट जनाउदै वडाध्यक्ष चौधरीले शुक्रबार प्रेस बिज्ञप्ती सार्बजनिक गरेका छन् ।
उक्त समाचारलाई लमही नगरपालिकाका प्रेस संयाेजक शिवु खनालले आफ्नो फेसबुकमा सेयर गरेका छन् । त्यसो त पछिल्लो समय पत्रकार खनालले तुलसीपुर खबर डटकममा प्रकासित समाचार हरु सेयर गर्दै आईरहेका छन् । लमही नगरको प्रेस संयोजक समेत रहेका खनालले नगर अन्तरगतकै वडाध्यक्षको नाम जोडिएको समाचारलाई सामाजिक सञ्जालमा हालेर प्रचार गर्नुले नगर कार्यपालिका प्रति नै प्रहार गरेको महसुस भएको बिज्ञप्तीमा उल्लेख छ ।
समाचारमा नाम जाेडिदा सार्वजनिक रुपमा आफ्नो मान मर्यादामा ठुलाे चाेट परेकाे र बालुवा डम्पिङ्ग कार्यमा आफ्नो संलग्नता भए जस्तोसुकै कारवाही भाेग्न तयार रहेको समेत वडाध्यक्ष चौधरीले बिज्ञप्ती मार्फत जनाएका छन् । उनले समाचार प्रकासन सम्बन्धी छानबिन गरि दोषीलाई कारबाही गर्न नगरप्रमुख कुलबहादुर केसीलाई आफ्नै हस्ताक्षरित बिज्ञप्ती मार्फत माग गरेका छन् ।
उनले वास्तविक कुरा वुझ्दै अरुकाे सार्वजनिक जिवनकाे समेत ख्याल गरी समाचार प्रकासन गरिदिनु हुन सम्पुर्ण पत्रकार हरुलाई समेत अनुरोध गरेका छन् । समाचारमा बालुवा डम्पिङ्ग गरेका भनिएका गोपाल चौधरी, सुन्दर चौधरी, बिकाश चौधरी, खगेन्द्र चौधरी र भगत नारायण चौधरी मध्य खगेन्द्र वडाध्यक्षका छोरा हुन् । लमही नगरपालिका वडा नम्बर ८ निवासी यी पाँचैजनाले छुट्टाछुट्टै ठाउँमा बालुवा डम्पिङ्ग गरेको प्रकासित समाचार बाट स्पष्ट हुन्छ ।