दाङमा एउटा बैंकले गर्याे दुई ठाउँबाट यसरी लकडाउनकाे उलंघन
प्रकासित मिति : २०७७ बैशाख २६, शुक्रबार १७:५१
प्रकासित समय : १७:५१
भालुवाङ, दाङकाे एउटा बैंकले शुक्रबार एकैदिन दुई ठाउँमा लकडाउन उलंघन गरेकाे छ । जिल्लामा रहेकाे देव: विकास बैंक सिसहनियाँ र गढवा शाखाले लकडाउनको पूर्ण रूपले उंलघन गरि सेवा प्रदान गरेका छन् ।
बैंक परिसरमा सेवाग्राहीको घुइँचो लागेको छ । सरकारले सामाजिक दुरी कायम गरि बैंक तथा वित्तीय संस्थालाई २ घण्टा मात्र सेवा दिन अाग्रह गरेको छ । तर बैंकहरूमा सेवाग्राहीहरू लकडाउनको उलंघन गरि भिडभाड गरेपछि सिसहनियाँ शाखालाई प्रहरी चाैकी सिसहनियाँले अाजको कारोवार बन्द गराएको छ ।
भने गढवा शाखामा प्रहरी परिचालन गरि भिडभाडमै सेवा प्रवाह गरेको पाइएको छ । बैंकले हप्तामा १ दिन मात्र सेवा प्रवाह गर्दा पैसा झिक्नेहरूको भिड लाग्ने गरेको छ । यस विषयमा सम्बन्धित निकायले ध्यान नदिने हो भने कोरोना भाइरस दाङमा नछिर्ला भन्न सकिन्न ।