विश्व शान्तिकाे कामना सिसहनियाँमा दिपप्रज्वलन

 भालुवाङ , कोरोना भाइरस अन्त्य तथा विश्व शान्तिका लागि सिसहनियाँमा बिहीबार दिप प्रज्वलन गरिएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघले सिसहनियाँको प्रतिक्षालयमा २५६४ अाैँ बुद्व जयन्तीको अवसरमा दिप प्रज्वलन गरेको हो ।

कोरोना भाइरसले विश्वलाई नै अक्रान्त बनाएको हुँदा विषम परिस्थितिमा जिउ ज्यानलाई जोखिम राखेर सेवा गर्ने स्वास्थ्य र्कर्मी,सुरक्षाकर्मी,एम्बुलेन्स चालक लगायतको विषेश सम्मानमा सरकारले घर घरमा दिप प्रज्वलन गर्न आग्रह गरे बमोजिम संघमा आवद्व व्यापारीहरूलाई घर घरमा दिप प्रज्वलन गर्न आग्रह गर्दै सामुहिक रूपमा बजारमा पनि दिप प्रज्वलन गरिएको हो ।

संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता एवम् संघका निर्वतमान अध्यक्ष तथा सल्लाहकार पुर्णबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी लगायतका वक्ताले बोलेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।