भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु

नयाँदिल्ली,  महाराष्ट्रको औरंगाबादमा रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ । औरंगाबादको करमाडनजिकै रेलवे ट्र्याकमा सुतेका प्रवासी मजदुरमाथि शुक्रबार बिहान रेल गुड्दा १६ जनाको मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक मोक्षदा पाटिलले दुर्घटनामा परी १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले रेलवे ट्र्याकको छेउमा बसेका अन्य आठजना मजदुर दुर्घटनामा बचेका पनि बताएका छन् ।

ती मजदुरहरू एक स्टिल प्mयाक्ट्रीमा काम गर्दै आएका थिए । उनीहरू घर जान ट्रेन चढ्न जालनाबाट औरंगाबाद पैदल आएका बताइएको छ । पैदल हिँडेर थाकेका मजदुरहरू राति परेपछि रेलवे ट्र्याकमै सुतेका थिए । -नवभारत टाइम्स