ब्राजिलमा ज्यान गुमाउनेको संख्या ९ हजार १८८ पुग्यो

काठमाडौं, महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ब्राजिलमा ज्यान गुमाउनेको संख्या ९ हजार १८८ पुगेको छ ।

विहीबार यता २४ घण्टाको अवधिमा ६ सय जनाले ज्यान गुमाएका हुन् । योसँगै ब्राजिलमा एकैदिन थप ९ हजार ८२ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३५ हजार ६९३ पुगेको छ ।

ब्राजिलमा कोरोना संक्रमितमध्ये ५५ हजार ३५० जना उपचारपछि निको भएका छन् । ७१ हजार १५५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।