पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८५ पुग्यो

पाकिस्तान, कोरोना भाइरसको संक्रमणका कारण पाकिस्तानमा ज्यान गुमाउनेको संख्या ५८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८५ पुगेको हो । पाकिस्तानमा एकैदिन १ हजार ४३० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २४ हजार ६४४ पुगेको छ ।

पाकिस्तानमा संक्रमितमध्ये ६ हजार ४६४ जना उपचारपछि निको भएका छन् । १७ हजार ५९५ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सार्क राष्ट्रमा भारतपछि पाकिस्तानका कोरोना भाइरसको संक्रमण दर तीव्र देखिएको छ ।