पाँचौं संक्रमित डिस्चार्ज भएसँगै सुदूरपश्‍चिम ‘कोरोनामुक्त’

काठमाडौं, कोरोना भाइरसबाट सङ्क्रमित भई सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना आज कोरोना ‘पोजेटिभ‘ निको भई अस्पतालवाट डिस्चार्ज भएकी छन् । अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला आज निको भई अस्पतालवाट डिस्चार्ज भएकी हुन् ।

उनी कोरोना भाइरसबाट मुक्त भएसँगै सुदूरपश्चिम प्रदेशमा कोरोनाको ‘डेडिकेटेड‘ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल कोरोना सङ्क्रमित बिरामीबाट मुक्त भएको छ ।

अस्पतालका कोरोना उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले बताए । अस्पतालको आइसोलेसनमा पनि कोही शंकाश्‍पद बिरामी नरहेको डा. कमरले जानकारी दिए ।

उनको आठ पटकसम्म नमुना परीक्षण गरिएको थियो । ३४ दिन अस्पताल बसेर महिलाले कोरोनालाई जितेकी हुन् । देशभर हाल कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।