नेपाली सेनाको स्काइ ट्रकबाट नेपालगन्ज ल्याइयो पीसीआर परीक्षण किट

कोहलपुर, बाँकेको नेपालगञ्जमा एक हजार थान पीसीआर किट ल्याइएको छ । स्वीस सरकारले दिएको ३० हजार पिसिआर परीक्षण किटमध्ये आज ८ हजार वटा किट देशका विभिन्न प्रयोगशालामा पठाइएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।

शुक्रबार साँझ नेपाली सेनाको स्काइ ट्रकबाट नेपालगञ्जमा एक हजार थान ल्याइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।