नेपालगन्जमा करिब ६ सयको स्वाब नमुना संकलन
नेपालगन्ज, बाँकेमा बाँकेका कोभिड–१९ फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार बाँकेमा अहिलेसम्म पाँच सय ९६ जनाको र्यापिड टेस्ट (द्रूत परीक्षण) गरिएको छ। ती सबैको नतिजा नेगेटिभ आएको बताइएको छ।
कोरोना संक्रमितको सम्पर्कमा आएका करिब ६ सय जनाको स्वाब परीक्षण (पीसीआर टेस्ट)का लागि नमुना संकलन गरिएको हाे । नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षीय कोरोना संक्रमितको सम्पर्कमा आएका पाँच सय ९६ जनाको स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय, बाँकेका कोभिड–१९ फोकल पर्सन श्रेष्ठले जानकारी दिए। “तीमध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,” उनले भने।
कार्यालयका अनुसार बाँकेमा हालसम्म थ्रोट स्वाबको नमुना संकलन गरिएका पाँच सय ९६ जनामध्ये चार सय १२ को नतिजा नेगेटिभ देखिएको छ। एक सय ८४ जनाको भने रिपोर्ट आउन बाँकी छ।
गत शुक्रबार ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको खोजी गरिएको थियो। त्यसक्रममा एकै बस्तीका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।
कोरोना संक्रमित गरी एउटै बस्तीका २३ जनामा कोरोना संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)सहित चिकित्सकको टोलीले कन्ट्याक्ट ट्रेसिङ (संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी)को दायरा बढाएको थियो। अहिले उक्त टोली नेपालगन्जमै छ।