नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज, बाँके  नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा एक जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

१६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ । यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् ।

यता, कोशी अस्पतालबाट आज ८ जना डिस्चार्ज भएका छन् । जसमध्ये ५ जना १७ औँ दिनमा र ३ जना १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । योसँगै निको हुनेको संख्या ३० जना पुगेको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । यिमध्ये ३० जना निको भइसकेका छन्।