वडा नं ८ का ८० घरपरिवारलाई नेपालगञ्ज उप–महानगरपालिकाले राहत बाड्ने
नेपालगञ्ज, बाँके निषेधित क्षेत्र घोषणा गरिएको वडालाई नेपालगञ्ज उप–महानगरपालिकाले राहत बाड्ने भएकाे छ । नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमण फैलिएपछि निषेधित क्षेत्र घोषणा गरिएको वडा नम्बर ८ जोलहनपुरवामा तत्काल राहत वितरण गर्ने भएको हाे ।
नगर प्रमुख डा.धवलशम्शेर राणाको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले सो टोलका ८० घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो । नेपालगञ्जमा हालसम्म २४जनामा कोरोना संक्रमण देखिएको छ । बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागिसमन्वयका लागि प्रत्येक वडामा समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार कार्यपालिका बैठकले लकडाउनका मापदण्ड पुरा गर्दै सामाजिक दुरी कायम गरेर विकास निर्माणका कार्य सुरु गर्ने बैठकले निर्णय गरेको छ ।
यसैगरी बैठकले नारी विकास केन्द्रमा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले पिसिआर परिक्षणका लागि आवश्यक किट तत्काल भेरी अस्पतालमा उपलब्ध गराउन समेत माग गरेको छ ।