डोल्पामा एक जनाको र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ
प्रकासित मिति : २०७७ बैशाख २६, शुक्रबार २०:४५
प्रकासित समय : २०:४५
डाेल्पा, डोल्पामा र्यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्रिपुरा सुन्दरी नगरपालिका–८ पाहाडाका ६२ वर्षीय एक पुरुषको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशक रीता भण्डारीका अनुसार उनी नेपालगञ्जदेखि गाउँ फर्किएका थिए। बैशाख १२ गते गाउँ पुगेका उनलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ।
र्यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएपनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न भोली नै स्वास्थ्यकर्मी पठाउने निर्देशनालयले जनाएको छ।