कोरोनाबाट भारतमा १ हजार ८८९ को मृत्यु, ५६ हजार ३५१संक्रमित
प्रकासित मिति : २०७७ बैशाख २६, शुक्रबार ०६:४९
प्रकासित समय : ०६:४९
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ८८९ पुगेको छ ।
भारतमा एकैदिन थप ३ हजार ३६४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५६ हजार ३५१ पुगेको छ । भारतमा संक्रमितमध्ये १६ हजार १४२ जना उपचारपछि निको भएका छन् । ३७ हजार ६८६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।