कर्णेलको कारको ठक्करले एक जनाको मृत्यू

काठमाडाैँ, शुक्रबार विहान रविभवनमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान ७ः२५ बजे रविभवनमा भएको दुर्घटनामा मोरङका २३ वर्षीय युवकको मृत्यु भएको हो ।

सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारले बा७२प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुग्दा मोरङ बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको प्रहरीले जनाएको छ।