अमेरिकामा ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुग्यो

काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकै दिन २ हजार १०६ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुगेको छ ।

एकै दिन २९ हजार २२ जनामा नयाँ संक्रमणदेखिएसँगै १२ लाख ९२ हजार ११४ जना संक्रमित छन् । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित २ लाख १६ हजार ८३० जना उपचारपछि निको भएका छन् । ९ लाख ९८ हजार ३७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४८ हजार ९५८ को अवस्था गम्भीर छ ।

चीनको वुहानबाटा शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ । अहिलेसम्म विश्वमा ३९ लाख १२ हजार ३२६ जना संक्रमित छन् । जसमध्ये २ लाख ७० हजार ३४९ जनाले ज्यान गुमाएका छन् ।