पचालझरनामा यसरी गरियो बुद्ध जयन्तीका अबसरमा दीप प्रज्वलन

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा पनि बुद्ध जयन्तीका अबसरमा दीप प्रज्वलन गरिएको छ । सरकारले बुद्ध जयन्तीको दिन बिहीबार साँझ दीप प्रज्वलन गर्न सबैलाई आह्वान गरेको थियो । सोहि अनुरूप गाउँपालिका कार्यालय जाजरकोटमा दीप प्रज्वलन गरिएको  गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले जानकारी दिए । 

सेजुवालका अनुसार बुद्ध जयन्तीका अबसरमा स्थानीय सरकारद्वारा दीप प्रज्वलन गर्ने कार्याक्रम रहेकाे बताइएकाे छ ।  बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कर्मी र सुरक्षाकर्मीहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन् । सबैको शु स्वास्थ्यको लागि दीप प्रज्वलन गरिएको बताइएको छ ।