भारतबाट राप्ती गाउँपालिकामा आएका ६ जना क्वारेन्टानमा भर्ना

भालुवाङ,  छिमेकी मुलुक भारतबाट राप्ती गाउँपालिकामा आएका ६ जना युवाहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । ३२,१८,१९,३४,१९ र २३ का ती युवाहरू मजदुरी गर्न भारत गएका थिए ।

६ जना मध्ये ४ जना बुधबार र २ जना बिहीबार राप्ती गाउँपालिका आइपुगेका थिए । उनीहरू भारतबाट कृष्णनगर वोडर सम्म साइकलमा त्यस पछि कृष्णनगरबाट चन्द्राैटा सम्म पैदल यात्रा र चन्द्राैटाबाट राप्ती गाउँपालिका सम्म गाडी चढेर आएका थिए ।

राप्ती गाउँ पालिका ९ देवीकोटका ती ६ जना युवाहरू गाउँ आउन लागेको थाहा पाएपछि गाउँलेहरूले राप्ती गाउँपालिकामा खवर गरेका थिए । खवर पाए लगत्तै गाउँपालिकाले उनीहरूलाई ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा स्थापना गरिएको क्वारेन्टाइनमा भर्ना गरि बिहीबार पिसिआर परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको छ ।

स्वाप संकलन पछि उनीहरूलाई रिपोर्ट नअाउँदा सम्म क्वारेन्टाइनमा नै राखिने राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।