लकडाउनकाे माैका छाेपेर नदीमा व्यापक उत्खनन् ।

 भालुवाङ , लकडाउनकाे माैका छाेपेर केही दिनयता देउखुरीकाे राप्ती नदीमा व्यापक उत्खनन् भईरहेकाे छ राप्ती नदीमा अबैध तरिकाले उत्खनन् गरी बालुवा चोरेर केहि व्यक्तिहरूले डम्पिङ गर्ने गरेको खुलासा भएको छ । एकै ब्यक्तिले तीन ठाउँमा समेत बालुवा राखेको पाईएको छ ।

लमही नगरपालिका वडा नम्बर ८ को विभिन्न जग्गा र नर्सरीमा बालुवा तथा गिट्टी डम्पिङ गरेको सुचना पाएपछी जिल्ला समन्वय समिती दाङ, लमही नगरपालिका, सुरक्षाकर्मी र पत्रकारको टोलीले अनुगमन गरेका गर्दा सो कुरा खुल्न अाएको हो । यसरी बालुवा चोरेर राख्नेमा लमही नगरपालिका वडा नम्बर ८ का खगेन्द्र चौधरी रहेका छन् ।

चौधरीले राप्ती नदिबाट बालुवा उत्खनन गरेर कालिपुरवा घाट, पुर्वपश्चिम राजमार्ग देखि दक्षिण र झिलिमिली टोल गरि तीन स्थानमा डम्पिङ गरेका छन् । त्यस्तै वडा नम्बर ८ कै गोपाल चौधरी, सुन्दर चौधरी, बिकास चौधरी र भगत नारायण चौधरीले पनि राप्ती नदिबाट अबैध तरिकाले बालुवा उत्खनन गरेर डम्पिङ गरेका छन् ।

सुन्दर चौधरीले मिश्रित गिट्टि बालुवा समेत डम्पिङ गरेको पाईएको छ । स्थानीय पालिकासँग कुनै समन्वय र अनुमती नलिएर उत्खनन र डम्पिङ गरिएकोले यो बालुवा अबैध नै हो जिल्ला समन्वय समिती दाङका उपप्रमुख श्रीधर पौडेलले बताएका छन् ।

गतबर्षको राजश्व नतिर्नेमा लमही नगरपालिका वडा नम्बर ७ मा रहेको बगार बाबा बालुवा प्रशोधन कम्पनी र वडा नम्बर ९ अमिलिया स्थित जय बागेश्वरी बालुवा प्रशोधन केन्द्र रहेको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताएका छन् ।