लकडाउन उलंघन गर्ने दुई सय बढी सवारीसाधन प्रहरीकाे नियन्त्रणमा
प्रकासित मिति : २०७७ बैशाख २५, बिहीबार १३:०३
प्रकासित समय : १३:०३
दाङ, जिल्ला प्रशासन कार्यालय दाङबाट जारी गरेको लकडाउन उलंघन गर्ने सवारी साधनहरुलाई लमही ट्राफिक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । नेपाल सरकारले स्थानीय प्रशासन मार्फत जारी गरेको लकडाउन उलंघन गर्ने सवारीसाधनहरुलाई लमही ट्राफिकले आफ्नो नियन्त्रणमा लिएको हो ।
दाङ जिल्लाको देउखुरी उपत्यकामा पर्ने प्रमुख व्यापारिक केन्द्र मानिने लमही बजारको इलाका वडा प्रहरी कार्यालय लमही र ट्राफिक प्रहरी कार्यालय लमहीकाे संयुक्त प्रयासमा चेकजाँच गर्ने क्रममा सवारी साधनहरु नियन्त्रणमा लिएको हुन ।
झण्डै २ सयभन्दा बढी माेटरसाइकल केही सङ्ख्यामा ट्रक टिप्पर जीप अटोहरु लगाएत प्रहरीको नियन्त्रणमा रहेको र लकडाउन सकेपछि मात्र सवारीसाधन फिर्ता गर्ने लमहीका ट्राफिक प्रहरी प्रमुख बाबुराम जिसीले जानकारी दिए ।