सांसदहरुको कोरोना रिपोर्ट आजै आउने

काठमाडाैँ, संघीय संसदका सांसदहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । भोलि (शुक्रबार) बाट सुरु हुने बजेट अधिवेशनमा सहभागी हुने सांसदहरुको आज बिहान १० बजेबाट पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्न स्वाब लिइएको हो।

शुरूमा राष्ट्रियसभाका सदस्यहरूको र त्यसपछि प्रतिनिधिसभाका सांसदहरूको स्वाब लिइएको हो। सबै सांसदहरूको रिपोर्ट आजै आइसक्ने जनाइएको छ ।

संसद सचिवालयले शुक्रबारबाट सुरु हुने बैठकका लागि पीसीआर टेष्ट गर्ने, सामाजिक दूरी कायम गर्न दुई सिट छाडेर बस्ने व्यवस्था मिलाउनेलगायतका सतर्कता अपनाउन लागेको छ ।