मारिए काश्मिरमा मुजाहिद्यिनका कमाण्डर नाइकू

काठमाडौं, भारतीय सुरक्षाबलको कारबाहीमा प्रतिबन्धित संगठन हिज्बुल मुजाहिद्यिनका एकजना प्रमुख नेता काश्मिरमा मारिएका छन्। मुजाहिद्यिनका सैन्य प्रमुख रियाज नाइकू भारतीय सुरक्षाबलको कारबाहीमा मारिएका हुन्।

बीबीसीका अनुसार भारतीय सुरक्षाकर्मीले काश्मिरको पुलवामास्थित आफ्नो बेगपोरा गाउँमा बसिरहँदा नाइकूलाई घेर हालेर कारबाही चलाएको थियो।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत् जनवरी महिना यता उक्त क्षेत्रमा कम्तिमा ७६ विद्रोही र २० जना सुरक्षाबलका अधिकारीहरुले मुठभेडमा ज्यान गुमाएका छन्। विद्रोही संगठन मुजाहिद्यिनका वुहार्न वानी सन् २०१६ मा मारिएपछि नाइकू संगठनको प्रमुखको जिम्मेवारी पाएका थिए।

वानीको मृत्युपछि भारत र पाकिस्तान प्रशासित काश्मिरमा लामो समयसम्म अस्थिरता निम्तिएको थियो। भारतले आफ्नो नीतिमा विद्रोही नेता मारिएपछि शव परिवारजनलाई नबुझाउने भएको छ।