बाघको आक्रमणबाट एकजना गम्भीर घाइते
प्रकासित मिति : २०७७ बैशाख २५, बिहीबार २०:३३
प्रकासित समय : २०:३३
गुलरिया, बर्दिया बाघको आक्रमणबाट गेरुवा गाउँपालिका –४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन् । आज दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासि आक्रमण गरी उनलाई घाइते बनाएको हो ।
आक्रमणबाट उनको घाँटी, ढाड र छातीमा चोट लागेको स्थानीयवासी दिलबहादुर बिसीले बताए । खनाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पु¥याइएको छ ।