बाँके कारागारमा एकजना कैदीको मृत्यु
प्रकासित मिति : २०७७ बैशाख २५, बिहीबार १७:३७
प्रकासित समय : १७:३७
नेपालगन्ज, बाँके जिल्ला कारागारमा एकजना कैदीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ४ का सीताराम वैश्यको भेरी अस्पतालमा उपचारार्थ भर्ना भएकै बेला बिहीबार बिहान २ बजेतिर निधन भएको कारागार प्रशासनले जनाएको छ ।
जेलर देवेन्द्र श्रेष्ठका अनुसार सुगर र प्रेसरका बिरामी उनलाई जण्डिसको उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परिवारलाई जिम्मा लगाइएको छ ।