प्रधानमन्त्री ओलीद्वारा बुद्ध जयन्तीका अबसरमा दिप प्रज्वलन
प्रकासित मिति : २०७७ बैशाख २५, बिहीबार १९:३५
प्रकासित समय : १९:३५
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले दिप प्रज्वलन गरेका छन । सरकारले बुद्ध जयन्तीको दिन बिहीबार साँझ दीप प्रज्वलन गर्न जनतालाई आह्वान गरेको थियो । साेहि अनुरूप प्रधानमन्त्री ओलीले बालुवाटारमा दीप प्रज्वलन गरेका हुन ।
बुधबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कर्मी र सुरक्षाकर्मीहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन् ।