पाकिस्तानमा कोरोनाबाट चौबीस घण्टामै ४० जनाको मृत्यु

एजेन्सी । महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा विगत चौबीस घण्टामा ४० जनाको मृत्यु भएको छ । सोही अवधिमा एक हजार ४९ नयाँ संक्रमित देखिएका छन् ।

बीबीसीका अनुसार पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या २२ हजार नाघेको छ । यसैबीच पाकिस्तानले रेल सेवा सुरु गर्ने निर्णय लिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तान सरकारले रेलवे कर्मचारीलाई काममा फर्किने तयारी गर्न निर्देशन दिएको छ । पाकिस्तान सरकारले मे १० बाट रेल सेवा सुरु गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।