ड्युटीमा खटिएका प्रहरी के कारणले मर्दैछन् ?
प्रकासित मिति : २०७७ बैशाख २५, बिहीबार १३:३१
प्रकासित समय : १३:३१
सप्तरी, ड्युटीमा खटिएका प्रहरी एकपछि अर्को मृत्युको खबर आउन थालेको छ । उनीहरुको के कारणले कसरी मृत्यु भइरहेको छ भन्ने बारे केही खुलेको छैन ।
ड्युटीमा खटिरहेका हवल्दार रामबहादुर मगरको बिहीबार (आज ) बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत उदयपुर घर भएका प्रहरी हवल्दार मगरको बिहीबार बिहान मृत्यु भएको हो ।
ड्युटीमा खटिएकै अवस्थामा उनको एक्कासी मृत्यु भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । प्रहरी हबल्दार मगरको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यसअघि पनि एक सशस्त्रका प्रहरी सहायक निरीक्षक (असइ) को ड्युटीकै अवस्थामा मृत्यु भएको थियो । भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमबार मृत्यु भएको थियो ।

