चट्याङले लियो दुईजनाको ज्यान

काठमाडौं : रोल्पामा चट्याङ लागेर दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चट्याङ लागेर जिल्लाको लुङग्री गाउँपालिका-२ का ४० वर्षीय चित्रबहादुर पुन र ६३ वर्षीय भीम बहादुर पुनको मृत्यु भएको हो।

उनीहरुको बिहीबार बिहान साढे ८ बजेतिर हावाहुरी र पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक गुरुङले बताए। रोल्पामा बिहानैदेखि हावाहुरी र पानी परेको छ।