पञ्चदेवल विनायक नगरपालिकाको एम्वुलेन्स दुर्घटना,चालक घाइते

अछाम, पञ्चदेवल विनायक नगरपालिकाको एम्वुलेन्स दुर्घटना भएको छ । वडा नम्वर ४ कालिकास्थानको टोट्केसालमा अहिले केहिबेर अघि दुर्घटना भएको हो ।

सुर्खेतबाट अछाम आउदै गरेको नगरपालिकाको से १ त १०६८ नम्वरको एम्वुलेन्स टोट्केसालको मोडमा दुर्घटना भएको उप प्रमुख अम्विका चलाउनेले जानकारी दिएकी छन ।

घटनास्थलमा एम्वुलेन्समा सवार ड्राइभरको टाउकोमा गम्भिर चोट लागेको उप प्रमुख चलाउनेले बताइन । घाइते ड्राइभरलाई अस्पताल लिने तयारी भइरहेको बताइएको छ ।