ए गन्तव्य तेरै खोजीमा हिड्दै छु तँ भेटिनु पर्छ….
प्रकासित मिति : २०७७ बैशाख २४, बुधबार १७:११
प्रकासित समय : १७:११
जिन्दगी सफर हो यो सफरमा यात्रा गरिनु पर्छ ।
ए गन्तव्य तेरै खोजीमा हिड्दै छु तँ भेटिनु पर्छ ।
ओ रित्ताहरु हो भरीन पनि त्यति सजिलो छैन ।
अग्लो गाग्रो झुक्नु पर्छ होचो लोटा उभिनु पर्छ ।
मेरा छिमेकि मेरो बिरुद्ध छाती पिटेर उफ्रन्छ्न्
हेक्का छैन इजार छिनिए आफू नै नाङ्गिनु पर्छ ।
बिचलित हुदै नहुनु आमा म युद्धमा होमिन पुगे ,
देशको लागि मर्न पनि यो भाग्यमा लेखिनु पर्छ ।
ऊ यो छाती टेकिदा पनि नदेखे झै गरेर हिड्यो
तैपनि दुखेसो छैन चप्पल हुँ चप्पल टेकिनु पर्छ ।
सल्यान,