पलाँताको तिब्गाड खोलामा पक्की पुल निमार्ण सुरु
कालिकोट, जिल्लाकाे पलाता गाउँपालिका स्थित तिब्गाड खोलामा पक्की पुल निमार्ण सुरु भएको छ । प्रदेश सरकारकाे करिब २ करोड बजेटमा पक्की पुल निमार्ण हुन लागेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले जानकारी दिए ।
प्रदेश सरकारको बजेट र गाउँपालिको पहलमा बन्न लागेको पुलको निमार्ण जिम्मा शिवनाथ निमार्ण सेवाले लिएको बताइएको छ । एक बर्षभित्र निमार्ण भैसक्नु पर्ने पुलकाे काम रोटरी एक्सुल हण्डेटद्दारा काम सुरु गरिएको छ ।
हिउँदमा गाडी तार्न सजिलो भयपनी बर्खामा भने पानी धेरै हुने गाडी तार्न कठिनाइ हुने हुनाले पक्की पुलको थालनी गरिएको गाउँपालिका अध्यक्ष बमले जानकारी दिए । पुल निर्माणको काम शुरु हुँदै गर्दा पुल निर्माण कार्यको सुरुवात भएपछी स्थानियहरु खुसी भएका छन्। पुल नहुदा खोला तर्नुपर्ने हुन्थ्यो। अब पुलबाट ओहोर दोहोर गर्न पाईन्छ भन्ने आशामा छौं । पलाता गाउँपालिका वडा नं २ बन्जडा निवासी ३१ बर्षिय सर्जन प्याकुरेलले भने–‘बर्षामा भेलले छेक्थ्यो। अव त पुलबाट गाडी लिन पाइने भयो।