अध्यक्ष बमले गरे ब्यक्तिगत रुपमा खाद्यन्न सहयोग

कालिकोट, जिल्लाको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छले गाउँपालिकाको वडा न २, दाममा खाद्यान्न सहयोग गरेका छन । लकडाउनका कारण विपन्न परिवार र ज्याला मजदुर गरेर बिहान बेलुकी खाना खाने परिवारलाई व्यक्तीगत रुपमा बमले सहयोग गरेका हुन । 

विश्वरभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि चैत ११ गते सरकारले लकडाउन गरेको छ।   सोमबार राती आयको हावाहुरी सङ्गै बर्षा का कारण पलाता २ दाम निवासी हरि सार्कीको घर सङ्गै २ घर अरु पनि जोखिममारहे सङ्गै पूरा बस्ती नै तनावग्रस्त भएको स्थानीयको भनाइ रहेको छ । तत्काल अरु भन्दा पनि हरि सार्की लकडावनका कारण भारत रहेका सार्कीकि श्रीमती उब्जि सार्की लाई खाध्यान्न सयोग गरेको गाउँ पालिका अध्यक्ष बमले जानकारी दिए ।

यसअघि गाउँपालीकाको सबै वडामा रहेका बिपन्न परिवारलाइ खाद्यान्न सहयोग गर्न भनि अध्यक्ष बमले ब्यक्तिगत रुपमा खर्च गर्ने र उपलब्ध गराउने घोषणा गरिसकेका छन ।

बाढीबाट विस्थापित बनेका ती पीडित सर्वसाधारणको प्रतिउत्तरमा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छा विस्थापितहरूलाई तत्काल प्रारम्भिक राहतको व्यवस्था मिलाइसकेको र उद्धारकार्यलाई सशक्त पार्न सरकारी संयन्त्रले प्रयास गरिरहेको जानकारी दिए ।