आँशु त होनि झरिनैरहन्छ, झर्नदेऊ मायालु…
प्रकासित मिति : २०७७ बैशाख २४, बुधबार ११:३४
प्रकासित समय : ११:३४
आँशु त होनि झरिनैरहन्छ, झर्नदेऊ मायालु
यादमा तिम्रो आँशुका ढिका,छर्नदेऊ मायालु ।
भरिन्न कैले भकारि मनको, उमङ्ग खुशीले
थरि-थरिका दर्दले मुटू,भर्नदेऊ मायालु ।
सपना थियो समिपमा तिम्रै,जीन्दगी काटुँला
सपना जस्तै मिलन हाम्रो,टर्न देऊ मायालु ।
जे-जसो गर्न चाहान्छ मनले,गर्न देऊ मायालु
अन्तिम शास फेरेर काखमा,मर्नदेऊ मायालु ।
जापान,