१७ जना कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित
प्रकासित मिति : २०७७ बैशाख २४, बुधबार १६:४०
प्रकासित समय : १६:४०
काठमाडौं, नेपालमा आजै एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् । संक्रमितहरु सबै बीरगञ्जका भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । १७ जनामध्ये १० पुरुष र ७ जना महिला रहेका छन् । तीामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् ।