लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ ।
कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो । मुलुकभित्र कोरोना सङ्क्रमित फेला पर्ने क्रम नरोकिएकाले पुनः १० दिन लम्ब्याइएको हो ।
सरकारले पहिलोपटक चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चैत १७ गते र २५ गते ८–८ दिन थप गरिएको थियो । वैशाख २ गते एकैपटक १२ दिन थप गरिएको थियो । चौंथो पटक १० दिन थप गरेको थियो ।