मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु, लकडाउन थप्ने तयारी
प्रकासित मिति : २०७७ बैशाख २४, बुधबार ११:४६
प्रकासित समय : ११:४६
काठमाडौं, मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउनेलगायत नियमित कार्यसूचीमाथि छलफल, निर्णय हुने बताइएको छ । बालुवाटार स्रोतका अनुसार सरकारले लकडाउन कम्तीमा एकसाता लम्ब्याउने तयारी गरेको छ ।
सरकारले पहिलोपटक चैत ११ देखि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि वैशाख १७ गते र २५ गते ८-८ दिन थप गरिएको थियो । जेठ २ गते एकैपटक १२ दिन थप गरिएको थियो । चौंथो पटक १० दिन थप गरेको समय बिहीबार सकिँदै छ ।
मुलुकभित्र सङ्क्रमित फेला पार्ने क्रम नरोकिएकाले पाँचौंपटक समय थप गर्न लागिएको हो । यसपटक कम्तीमा एकसाता लम्ब्याइने बताइएको छ । त्यसैगरी भारततर्फको सीमा अनिश्चितकालसम्म बन्दै राख्ने सरकारको तयारी छ ।