बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोलि बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटार स्रोतका अनुसार अब एकदुई दिनपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेर अर्को मिति तय गर्नेछन् ।

स्थायी समिति बैठकको एजेण्डामा कुरा नमिलेपछि स्थायी कमिटी बैठक स्थगित भएको हो । स्रोतका अनुसार सचिवालय बैठकपछि अध्यक्षद्वयबीचमा भएको भेटवार्तामा प्रचण्डले भोलि नै बैठक राख्नुपर्ने अडान राखेका थिए ।

तर प्रधानमन्त्रीसमेत रहेका ओलीले भोलि बैठक बस्न नसकिने तर्क गरेपछि बैठकको अर्को मिति पनि अनिश्चित बनेको स्रोतको दावी छ ।