बाँकेमा स्वाब संकलनमा तिब्रता, एकैदिन १ सय ३६ जनाको संकलन
प्रकासित मिति : २०७७ बैशाख २४, बुधबार २१:३४
प्रकासित समय : २१:३४
नेपालगन्ज, बाँकेकाे नेपालगन्जमा स्वाब संकलनलाइ तिब्रता दिइएकाे छ । बुधबार मात्रै १ सय ३६ जनाकाे स्वाब संकलन गरीएकाे छ । बुधबार एकैदिन १ सय ३६ जनाकाे स्वाब संकलन गरीएकाे हाे ।
यसअघि मंगलबार मात्रै नेपालगञ्ज वडा नं. ८ बाट ५६ जनाको स्वाब संकलन गरिएको थियो । नेपालगञ्जको एकै टोलमा २३ जना कोरोना संक्रमित भेटिएपछि स्वाब संकलन कार्यलाई तिब्रता दिइएको बाँकेका फाेकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मंगलबार छुटेका भैरवटोल, रानी तलाउको शब्जीमण्डी, नाउ टोल, पण्डन मोहल्ला तथा टाँगा स्टेशन आसपासका पसलहरुबाट स्वाब संकलन गरिएको हाे ।
स्वाब संकलन कार्यमा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको टोली पनि जुटेको छ । मंगलबारसम्मको संक्रमितको कन्ट्याक्ट टेस्टिङ गरी संकलन गरिएको स्वाब मध्ये ३४ जनाको रिर्पोट नेगेटिभ आएको छ ।