प्रधानमन्त्री ओलीद्वारा बिहीबार दीप प्रज्वलन गर्न आग्रह
प्रकासित मिति : २०७७ बैशाख २४, बुधबार २२:२३
प्रकासित समय : २२:२३
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन्। उनले २५६४ औँ बुद्ध जयन्तीका अवसरमा विहीबार साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेको उनका प्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।