पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१४ पुग्यो

पाकिस्तान, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो क्रममा देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप ३८ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५१४ पुगेको हो । पाकिस्तानमा एकैदिन १ हजार १०८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २२ हाजार ४९ पुगेको छ ।

पाकिस्तानमा संक्रमितमध्ये ५ हजार ८०१ जना उपचारपछि निको भएका छन् । १५ हजार ७३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरकेको छ । उनीहरुमध्ये १११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सार्क राष्ट्रमा भारतपछि पाकिस्तानका कोरोना भाइरसको संक्रमण दर तीव्र देखिएको छ ।