पहिरोले पुरिएर मोटरसाइकल यात्रीको मृत्यु
प्रकासित मिति : २०७७ बैशाख २४, बुधबार ११:५२
प्रकासित समय : ११:५२
काठमाडौं, काठमाडौंबाट मकवानपुरको इपातर्फ जाँदै गरेका एक मोटरसाइकल यात्रीको पहिरोले पुरिएर मृत्यु भएको छ । मंगलबार राति बा ४४ प ६०८५ नम्बरको मोटरसाइकलमा इपा जाँदै गरेका ती यात्री कोगटेखोलामा आएको पहिरोमा पुरिएर मृत्यु भएको हो।

मोटरसाइकलसहित पहिरोमा पुरिएरका चालक भीमफेदी गाउँपालिका–८ देउराली बस्ने २३ वर्षीय कृष्ण खनाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतक खनालको शव परीक्षणका लागि हेटौंडा अस्पातल लगिंदै गरेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

