नेकपा स्थायी समिति बैठक भोलि ११ बजे धुम्बाराहीमा

काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने भएको छ। नेकपामा पछिल्लो समय चुलिँदै गएको विवादबारे छलफल गर्न स्थायी समिति बैठक बस्न लागेको हो।

स्थायी समितिमा पेस गर्ने प्रस्तावबारे छलफल गर्न नेकपा सचिवालय बैठक अहिले बालुवाटारमा बसिरहेको छ। नेकपा स्थायी समिति बैठक गत मंसिर अन्तिममा एक सातासम्म बसेको थियो।