कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ७२ हजार२२२ पुग्यो
प्रकासित मिति : २०७७ बैशाख २४, बुधबार ०६:०१
प्रकासित समय : ०६:०१
काठमाडौं , कोरोना भाइरसको महामारीले अमेरिकामा ७२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ३०१ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ७२ हजार २२२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ३६ हजार ८८० पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ९९ हजार ६८४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ६४ हजार ९७४ जनामध्ये १६ हजार १७५ जनाको अवस्था गम्भीर रहेको छ ।